Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल दुर्घटनामा सशस्त्रका सहायक हवल्दारको मृत्यु

मोटरसाइकल दुर्घटनामा सशस्त्रका सहायक हवल्दारको मृत्यु

मंगलवार , बैशाख १, २०८३

झापा । मेचीनगर नगरपालिका–४, बाहुनडाँगीस्थित सशस्त्र प्रहरी बलको बीओपीमा कार्यरत सहायक प्रहरी हवल्दार ३५ वर्षीय सचिन तामाङको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । उनको मंगलबार साँझ मृत्यु भएको हो ।

पाँचथरको फिदिम–१२ घर भएका तामाङ सवार मे७प ९६५ नम्बरको मोटरसाइकल मंगलबार अपराह्न ५ः३० बजेतिर मेचीनगर–२ दुर्गा मन्दिरस्थित मदन भण्डारी राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलको पछाडि सवार सप्रह तामाङ दुर्घटनामा गम्भीर घाइते भएका थिए । उपचारको क्रममा विर्तामोडको बीएन्डसी हस्पिटलमा उनको आज साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

मोटरसाइकलको चालक अर्जुनधारा नगरपालिका वडा नं १ घर भई बाहुनडाँगी बीओपीमा कार्यरत ४० वर्षीय डिल्लीराम सुबेदीको हाल बीएन्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको मोटरसाइकल हाल नेपाल प्रहरीको भृकुटी अस्थायी पोस्टको नियन्त्रणमा रहेको र तामाङको शव हस्पिटलमै रहेको जनाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077