Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवा पक्षधरलाई पौडेलले भने - मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

देउवा पक्षधरलाई पौडेलले भने - मुद्दा मामिला होइन, महाधिवेशनको तयारीमा लाग्नुस्

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसभापति शेरबहादुर देउवा पक्षधरलाई मुद्दा मामिला नभएर महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् ।

निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले सो आग्रह गरेका हुन् ।

उनले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई महाधिवेशनमै लिएर जान आग्रह गरे ।

'यो समय मुद्दा मामिलाको होइन, महाधिवेशनको हो । महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ,' पौडेलले भने, 'म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077