Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगार विभाग ताहाचलका नासु घुससहित पक्राउ

वैदेशिक रोजगार विभाग ताहाचलका नासु घुससहित पक्राउ

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंका नायब सुब्बा हेमबहादुर मस्राङगी घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन्।

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी दुःख हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको थियो।

विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत ३८ वर्षीय नायब सुब्बा हेमबहादुरलाई शुक्रबार अख्तियारको टोलीले विभागको प्रतिक्षालय नजिक रहेको शौचालयबाट बाहिर निस्कँदै गरेको अवस्थामा १५ हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

त्यसपछि कार्यालय परिसरमै गरिएको खानतलासीका क्रममा स्रोत नखुलेको थप नगदसमेत बरामद भएको आयोगले जनाएको छ।

आयोगका अनुसार सेवाग्राहीसँग लिएको १५ हजार र स्रोत नखुलेको ७७ हजार ६ सय गरी जम्मा ९२ हजार ६ सय नगद तथा तीन थान मोबाइल बरामद गरिएको छ।

नगद र मोबाइलसहित मस्राङगीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077