Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

सोमवार , जेठ ११, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीका एक शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी शिक्षण सेवामा प्रवेश गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

आयोगका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खन्नाहाले गलत शैक्षिक कागजातका आधारमा शिक्षक पदमा नियुक्ति लिएर लाभ तथा सुविधा उपभोग गरेको पाइएपछि उनीविरुद्ध आरोपपत्र दायर गरिएको हो।

खन्नाहाले श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मंसिर १ गते अस्थायी शिक्षकका रूपमा सेवा सुरु गरेका थिए। त्यसपछि २०७५ चैत २९ गते उनी सोही विद्यालयमा प्राथमिक तहका स्थायी शिक्षक बनेका थिए।

अनुसन्धानका क्रममा उनले भारतस्थित ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’बाट जारी गरिएको भनिएको प्रवेशपत्र, लब्धाङ्कपत्र तथा माइग्रेसन सर्टिफिकेट नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ। हाल उनी मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणीमा प्राथमिक तह तृतीय श्रेणीका शिक्षकका रूपमा कार्यरत रहेको उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077