Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुद्दा मिलाइदिने भन्दै घुस लिने सई राउतविरुद्ध मुद्दा दायर

मुद्दा मिलाइदिने भन्दै घुस लिने सई राउतविरुद्ध मुद्दा दायर

शुक्रवार , बैशाख २५, २०८३

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत घुस लिएको अभियोगमा एक प्रहरी नायब निरीक्षकविरुद्ध भ्रस्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा प्रहरी वृत्त मालीगाँउका काठमाडौमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध आज मुद्दा दायर गरेको हो ।

आरोपी राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, कैद सजाय र जरिवानाको माग गर्दै आयोगले मुद्दा दायर गरेको छ।

प्रहरी नायब निरीक्षक राउतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु। २० हजार घुस लिएको पाइएको थियो।

आयोगले टोलीले घुस लिँदै गरेको अवस्थामा केहीदिन अघि पक्राउ गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077