काठमाडौं । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार ऋण उपलब्ध गराइदिने क्रममा सेवाग्राहीसँग ५० लाख रुपैयाँ घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारीविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
सोही मुद्दामा साक्षीका रूपमा प्रस्तुत गरिएका गौतमले अदालतमा प्रतिकूल र गलत बयान दिएको आरोप लगाइएको हो ।
अख्तियारले गौतमले दिएको बयानले न्यायिक प्रक्रिया प्रभावित पार्ने उद्देश्य राखेको दाबी गर्दै उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने मागसहित मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।