Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै घरको भर्‍याङबाट लडेका गुरुङको मृत्यु

आफ्नै घरको भर्‍याङबाट लडेका गुरुङको मृत्यु

बिहिवार , चैत्र २६, २०८२

ताप्लेजुङ । आफ्नै घरको भर्‍याङबाट लडेर घाइते भएका ताप्लेजुङ फुङलिङका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा फुङलिङ नगरपालिका–४ तीनबरेका ४७ वर्षीय मदन गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक आशिष पोखरेलका अनुसार बुधबार दिउँसो साढे ३ बजे घरको भर्‍याङ चढ्ने क्रममा अचानक चिप्लिएर लड्दा उनी घाइते भएका थिए।

टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि सोही दिन बेलुका ४ बजे जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको सोही दिन राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077