झापा । झापामा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक कामदारको मृत्यु भएको छ।
यही चैत १६ गते बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउमा रहेको डम्बरबहादुर श्रेष्ठको निर्माणाधिन २ तले घरमा काम गर्ने क्रममा लडेका मजदुरको उपचारको क्रममा गएराति मृत्यु भएको हो।
मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय शंकर किस्कु रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।