Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा

घुसको ८५ हजारसहित इन्जिनियर र कर्मचारी अख्तियारको फन्दामा

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा इन्जिनियरसहित तीन कर्मचारीलाई पक्राउ गरेको छ।

धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रवन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा रहेको विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गर्ने क्रममा उनीहरूले विभिन्न बहाना बनाउँदै सेवाग्राहीलाई दुःख दिने र रकम माग्ने गरेको उजुरीपछि अख्तियारको टोली खटिएको थियो।

उजुरी पुष्टि भएपछि योजनाबद्ध रूपमा गरिएको अपरेशनमा उनीहरू घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको गणेशबहादुर अधिकारीले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077