Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महासंघको खुल्ला सदस्यमा सफल व्यवसायी बलराम सापकोटाको उम्मेदवारी

महासंघको खुल्ला सदस्यमा सफल व्यवसायी बलराम सापकोटाको उम्मेदवारी

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) को आसन्न ६०औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि व्यवसायी बलराम सापकोटाले एशोसिएट (खुल्ला) तर्फ कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

सापकोटाले ज्योत्स्ना श्रेष्ठ उपाध्यक्षको उम्मेदवार रहेको समूहबाट एशोसिएटतर्फ सदस्य पदमा उम्मेदवारी दिएका हुन् । होटल, पर्यटन तथा सेवा क्षेत्रमा ठूलो लगानी गरेका सापकोटा पूर्वी नेपालको झापा जिल्लास्थित लक्जरी होटल ‘मेची क्राउन’का सञ्चालक हुन् ।

सापकोटाले व्यवसायीहरूले भोगिरहेका समस्याको समाधानका लागि महासंघलाई अझ प्रभावकारी बनाउँदै आफू सक्रिय रहने बताएका छन् । उनले व्यवसायीहरूको मनोबल उच्च बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा निजी क्षेत्रसँग सम्बन्धित नीतिगत अन्योलका विषयमा वर्तमान सरकारसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने–‘निजी क्षेत्र अहिले विभिन्न दबाबमा छ। व्यवसाय सञ्चालनमा अनेक कठिनाइ छन् । यस्तो अवस्थामा महासंघ व्यवसायीहरूको स्पष्ट आवाज बन्नुपर्छ । म महासंघमा पुगेर व्यवसायीका वास्तविक मुद्दा—नीतिगत स्थायित्व, लगानी सुरक्षा र सहज व्यवसाय वातावरण—का लागि खरो रूपमा उत्रिनेछु ।’

उनले विशेषगरी साना तथा मझौला उद्यमीहरूको हित संरक्षण, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन तथा पर्यटन र सेवा क्षेत्रको पुनःउत्थानका लागि नीतिगत पहल आवश्यक रहेको बताए । साथै, प्रदेशस्तरका व्यवसायीका आवाज केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने आफ्नो प्राथमिकता रहने उल्लेख गरे ।

झापाको मेचीनगर–धुलाबारीमा अवस्थित एचएमसीलाई पूर्वी नेपालकै प्रमुख लक्जरी होटलमध्ये एक मानिन्छ। यो प्रदेशको पहिलो पाँचतारे डिलक्स होटलका रूपमा परिचित छ, जहाँ २०५ भन्दा बढी कोठा, स्विमिङ पुल, क्यासिनो, हेलिप्याड, कन्फरेन्स सुविधा र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा उपलब्ध छ।

व्यवसायिक जीवनमा सक्रिय रहेका सापकोटाले पछिल्लो समय नेपालको होटल, पर्यटन र सेवा राष्ट्रिय स्तरको उद्योग–व्यापारिक नेतृत्वका लागि आफ्नो प्रभाव विस्तारलाई प्राथमिकतामा राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077