Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बलराम सापकोटाविरुद्ध १७ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । केही समय अघि जुवाखालबाट पक्राउ परेका बलराम सापकोटा ‘बले’विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

‘बले’ भनेर चिनिएका बलराम सापकोटा र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गरेकाे हाे। उनीहरूविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा विभागले दायर गरेको हाे ।

विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ। त्यस्तै विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । उनीहरुबाट बिगो, र बिगो बराबरकै जरिवाना असुल्न माग दाबी गरिएको छ ।

त्यसैगरी बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न रिटमा मागदाबी गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ । विभागका अनुसार झापाका विभिन्न ठाउँमा बलेको नाममा स्रोत नखुलेको जग्गा पनि भेटिएको छ ।

त्यसैगरी पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको भेटिएको छ । ती सबै सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै विभागले जफतको लागि माग दाबी पेस गरेको छ।

काभ्रेको रोसी-४ घर भई हाल लाजिम्पाट बस्दै आएका बले यसअघि जुवाखालबाट पक्राउ परेका थिए । त्यसपछि विभागले बलेविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077