Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पेरिसडाँडामा नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक

पेरिसडाँडामा नेकपा केन्द्रीय कार्यसंयोजन समितिको बैठक

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक बसेको छ । 

बैठक केहिबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

जारी बैठकमा निर्वाचनको बृहत् समीक्षा, पार्टी एकतालाई टुंग्याउनेसहित आगामी रणनीतिबारे छलफल हुने स्रोतले जनाएको छ ।

यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समीक्षात्मक प्रतिवेदन पेस गरेका थिए  ।

समीक्षात्मक प्रतिवेदन प्रत्येक सदस्यलाई अध्ययनका लागि दिइएको छ । बिहीबारको बैठकमा पार्टी एकता र समायोजन, महाधिवेशन, आगामी कार्य योजना लगायत एजेन्डा पारित भएको थियो ।

नेकपाको केन्द्रीय कार्यसंयोजक समिति ४५ सदस्यीय छ । जसमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल छन् ।

सदस्यहरूमा झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटालगायतका नेताहरु छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077