काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले मन्त्रीहरुले फोन नउठाएको भन्दै आक्रोश पोखेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आक्रोश पोखेका हुन् ।
आफ्ना प्रायः अभिव्यक्तिहरु फेसबुक स्टाटसमार्फत् सार्वजनिक गर्दै आएका सांसद साम्पाङले पहिलेका पुराना दलका मन्त्रीहरुले जस्तै अहिलेका मन्त्रीहरुले पनि फोन नउठाउने बताएका छन् ।
साथै उनले पहिलेकाले विदेशी ऋण लिएर मोज गर्ने गरेको र अहिलेकाले पनि विदेशी ऋण लिने गरेको समेत बताएका छन् ।
उनले यसअघि प्रतिनिधिसभा बैठकपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङसँग फोन नम्बर आदानप्रदान गरेको तस्बिर सार्वजनिक भएको थियो ।
यस्तो छ उनको फेसबुक स्टाटस
पहिलेका पुराना दलका मन्त्रीहरुले फोन उठाउँदैनथे ! अहिलेकाले नि उठाउँदैनन् ! पहिलेका विदेशी ऋण लिएर मोज गर्थे ! अहिलेकाले नि विदेशी ऋण लिन्छन् ! खोइ त GEN Z को वलिदानले बनाएको सरकार ???