काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।
पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद् अन्तर्गत माथिल्लो सदन राष्ट्रिय सभाका लागि संसदीय दलको नेतामा सुवेदीलाई नियुक्त गरेका हुन् ।
यसअघि राष्ट्रिय सभामा नेकपाबाट संसदीय दलको नेता नारायणकाजी श्रेष्ठ थिए । तर श्रेष्ठको कार्यकाल सकिएको छ ।
त्यसयता खाली रहेको संसदीय दलको नेतामा प्रचण्डले सुवेदीलााई चयन गरेका हुन् ।
नेकपा राष्ट्रिय सभामा नेपाली काँग्रेसपछिको दोस्रो ठूलो दल हो ।