Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अबुधाबीमा घाइते भएका ७ जना नेपाली मध्ये ६ अस्पतालबाट डिस्चार्ज, एकको अवस्था के छ ?

अबुधाबीमा घाइते भएका ७ जना नेपाली मध्ये ६ अस्पतालबाट डिस्चार्ज, एकको अवस्था के छ ?

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनको भग्नावशेष खस्दा घाइते भएका सात नेपालीमध्ये ६ जनालाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

१ जनाको भने सामान्य अवस्थामा उपचार भैरहेको छ । युएईस्थित नेपाली दूतावासले घाइतेहरूसँग सम्पर्क गरी उनीहरूको अवस्था बारे जानकारी लिएको जनाएको छ । 

शुक्रबार अत्याधुनिक युएई वायु रक्षा प्रणालीले इरानले प्रहार गरेको ड्रोनलाई क्षेप्यास्त्रमार्फत अवरोध गर्दा अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो ।

यस दुर्घटनामा ७ जना नेपालीसहित कुल १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि छन् । उनीहरूको पनि उपचार भइरहेको छ।

दूतावासले घाइतेहरूको उपचारमा सहयोग जारी राख्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि स्थानीय निकायसँग समन्वय गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077