Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईस्थित नेपाली दूतावासले भन्यो: सामाजिक सञ्जालमा भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्नुहोस्

यूएईस्थित नेपाली दूतावासले भन्यो: सामाजिक सञ्जालमा भ्रम फैलने भिडियो र तस्बिर सार्वजनिक नगर्नुहोस्

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । अबुधाबीस्थित नेपाली राजदूताबासले यूएईमा विकसित घटनाबारे पुष्टि नहुने भिडियो र तस्बिर सार्वजनिक नगर्न आग्रह गरेको छ ।

दूतावासले एक सूचना जारी गर्दै अहिले युएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्ममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रसारण नगर्न आग्रह गरेको हो ।

अज्ञात स्रोतबाट आएका हल्ला र आधिकारिक पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्नु सुरक्षा र कानुनी दृष्टिले महत्त्वपूर्ण रहेको छ । युएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस्तो कार्य नगर्न अनुरोध गरिएको छ। यस्ता कार्य कानूनबमोजिम दण्डनीय हुने चेतावनी युएईका आधिकारिक निकायबाट जारी भएको छ।’ सूचनामा भनिएको छ,

दूतावासले सम्पूर्ण नेपाली समुदायलाई सचेत रहन र सुरक्षा सम्बन्धी भ्रम फैलिने क्रियाकलापमा संलग्न नहुने अनुरोध गरेको छ ।

साथै विकसित परिस्थितिबारे सही जानकारीका लागि युएईका आधिकारिक निकायले जारी गर्ने अपडेट र सूचना हेर्नसमेत अनुरोध गरिएको छ । 

3.png

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077