Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

प्रधानमन्त्रीको प्रेस विज्ञ बनिन् दिपा दाहाल

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस तथा अनुसन्धान विज्ञ पदमा वरिष्ठ पत्रकार दिपा दाहाल नियुक्त भएकी छन् ।

प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम शुक्रबार दाहाललाई उक्त पदमा नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीले सोही दिनदेखि औपचारिक रूपमा कार्यभार सम्हालेकी छन्। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले अब प्रधानमन्त्री शाहको सञ्चार रणनीति निर्माण, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्।

रेडियो, टेलिभिजन, छापा र अनलाइन पत्रकारितामा अनुभव हासिल गरेकी दाहाल पछिल्लो समय ‘उकालो डटकम’मा वरिष्ठ संवाददाताको रूपमा कार्यरत थिइन्।

शैक्षिक क्षेत्रमा समेत सक्रिय दाहाल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या बहुमुखी क्याम्पसमा सात वर्षदेखि पत्रकारिता अध्यापन गर्दै आएकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077