Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीका घाइतेलाई निःशुल्क उपचार सेवा दिएकोप्रति सुनिल शर्मासँग गृहमन्त्री गुरुङले गरे अंकमाल

जेनजीका घाइतेलाई निःशुल्क उपचार सेवा दिएकोप्रति सुनिल शर्मासँग गृहमन्त्री गुरुङले गरे अंकमाल

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न केएमसी अस्पताल पुगेका छन् ।

गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै गृहमन्त्री गुरुङ सिधै अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिएका हुन् ।

घाइतेहरूको उपचारमा सक्रिय रूपमा खटिएका पूर्वसांसद डा. सुनिल शर्माले अधिकांश घाइतेलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेको जानकारी दिए ।

उनले गृहमन्त्रीसँग भने, 'तपाईं आउनुभयो, बिरामीको अवस्था बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।'

गृहमन्त्री गुरुङले घाइतेहरूको घाउमा ‘मलम’ लगाउने काम गरेको भन्दै डा. शर्मालाई अंकमाल गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077