'सधैं राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ'
काठमाडौं । गृहमन्त्रीको राजीनामाबारे अभिनेत्री प्रियंका काक्रीले मिडिया ट्रायलले दबाब सिर्जना गरेको दाबी गरेकी छिन् ।
विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि विवादमा तानिएका सुधन गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको भन्दै नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा आजै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो भनेकी हुन् ।
'मिडिया ट्रायलले दबाब सिर्जना गरेको प्रस्टै देखिन्छ, तर यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकता रोज्नु आफैंमा ठूलो कुरा हो। सधैं राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ। जति टीका–टिप्पणी आए, जति आरोप लागे, सबैको निष्पक्ष र गहिरो छानबिन होस्, सत्य उजागर होस्,' उनले लेखेकी छन् ।
उनले राम्रो काम गर्ने मान्छेले सधैं अग्निपरीक्षा दिनुपर्छ भन्ने इतिहासले बारम्बार देखाएको पनि बताएकी छन्।
साथै उनले गुरुङमाथि लागेका सबैको आरोपहरुको निष्पक्ष छानबिन गर्न माग गरेकी छन् ।
कार्कीले केहिदिन अघि पनि एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा बालेन सरकारको परिवर्तन खोज्ने बेला नभएको बताएकी थिइन् ।