Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीलाई हर्क साम्पाङले भने - जिबी राईलाई पक्रेर ल्याउनुस्, सभापतिको दोष–निर्दोष टुंग्याउनू

गृहमन्त्रीलाई हर्क साम्पाङले भने - जिबी राईलाई पक्रेर ल्याउनुस्, सभापतिको दोष–निर्दोष टुंग्याउनू

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । सांसद हर्क साम्पाङले सहकारी ठगी प्रकरणलाई लिएर सरकार र गृहमन्त्रीप्रति टिप्पणी गरेका छन् ।

उनले फरार रहेका जिबी राईलाई पक्राउ गरेर नेपाल ल्याउन सकेपछि आफ्नो पार्टी सभापति निर्दोष हुन् वा दोषी भन्ने विषय तत्काल टुंगो लगाउन सरकारलाई चुनौती दिएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकार अन्य विषयमा अल्झिएको आरोप लगाउँदै सहकारी पीडितको न्यायलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

'सरकार र गृहमन्त्री अरुतिर हेर्दै गर्दा जिबी राईलाई पक्रेर ल्याउनुहोस् र ठगीको आरोपमा जेल भुक्तान गरिरहेका हाम्रो पार्टी सभापति निर्दोष हुन् कि दोषी भन्ने स्पष्ट पार्नुहोस्,' उनले भने।

उनले सहकारी ठगी प्रकरणलाई लामो समयसम्म अल्झाएर राख्दा पीडितहरू झन् मारमा परेको उल्लेख गर्दै अब ढिलाइ नगर्न आग्रह गरे।

'अब सहकारी पीडितलाई पैसा फिर्ता गर्ने दिन आउन धेरै टाढा छैन,' साम्पाङले चेतावनी दिए । उनले रास्वपालाई आफ्नो एजेन्डा नबिर्सन सुझाव दिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077