काठमाडौं। नेपाली काँग्रेसका सांसद भीष्मराज आङ्देम्बेले जेनजी विद्रोहले उठाएका मुद्दा निष्कर्षमा पुर्याउने आफ्नो पार्टी प्रतिबद्धता रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी दलको तर्फबाट धारणा राख्दै आङ्देम्बेले जिम्मेवार प्रतिपक्षको रूपमा परिवर्तनलाई समर्थन गर्ने र आवश्यक चेतावनी दिन तयार रहेको जानकारी गराएका हुन्।
उनले भने- 'आज हामी जहाँ यो बैठक बसिरहेका छौं यो हाम्रो संसद भवन होईन । हाम्रो संसद भवन भदौ २४ गते खरानी भयो ।यो बेला त्यो खरानीलाई सम्झौं, अनि संकल्प गरौं हामी यसरी काम गरौं ताकी भविस्यमा यो देशलाई खरानी बनाउन कोहि अघि नसरुन् । भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ ।'
उनले विशेष महाधिवेशनमार्फत विभिन्न दृष्टिकोणलाई आत्मसात् गर्दै निर्णय पारित भएको स्मरण पनि गराएका छन्।
उनका अनुसार, पार्टीले विशेष महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेर समय र समाज अनुसारको रूपान्तरणको प्रक्रिया अघि बढाइसकेको छ।