Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफूविरुद्ध शोभा पाठकको रिट खारेजपछि बस्नेतले भने– तीन वर्षदेखिको दुःख आजबाट अन्त्य भयो

आफूविरुद्ध शोभा पाठकको रिट खारेजपछि बस्नेतले भने– तीन वर्षदेखिको दुःख आजबाट अन्त्य भयो

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतले खारेज गरेको छ। पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।

उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो।

पाठकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध पाठक उच्च अदालत गएकी थिइन्। उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप खारेज भएको छ।

रिट खारेज गर्ने अदालतले आदेश दिएसँगै बस्नेतले विगत तीन वर्षदेखि दिँदै आएको दुःख आजबाट अन्त्य भएको बताएका छन्।

उनले भनेका छन्–‘झुटा मुद्दा र बनावटी विवरण पेस गरेर राजनीतिक आग्रह बोकेका केही व्यक्तिहरूको उक्साहटमा ममाथि लगाइएका आरोपहरू पहिलो पटकमै खारेज भएका थिए। त्यसपछि पूरक जाहेरीका नाममा गरिएको दोस्रो प्रयास पनि उच्च अदालत पाटनबाट खारेज भएको छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077