Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

अमेरिकामा पेट्रोलको मूल्य ४ वर्षयताकै उच्च

बुधवार , चैत्र १८, २०८२

एजेन्सी । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको भाउ बढेका बेला अमेरिकामा पनि पेट्रोलको औसत मूल्य ४ डलर नाघेको छ । जुन सन् २०२२ अर्थात् ४ वर्षयताकै उच्च हो । 

अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध शुरु हुनुअघिको भन्दा एक डलरभन्दा धेरैको वृद्धि हो । यसअघि सन् २०२२ मा युक्रेन युद्धपछि भाउ उच्च भएको थियो । 

अमेरिकाका विभिन्न राज्यमा मूल्य फरक–फरक रहेको छ । मध्यपूर्वका प्रमुख उत्पादक देशहरूबाट आपूर्ति अवरुद्ध भएपछि इन्धनको मूल्यमा असर परेको हो ।

हालै गरिएको एक सर्वेक्षण अनुसार झण्डै ४५ प्रतिशत अमेरिकी नागरिक पेट्रोल किन्न सक्ने क्षमताबारे गम्भीर चिन्तामा रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077