Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्य र न्यायको पक्षमा बोल्दा जिसस क्राइस्ट मारिए, हर्कलाई पनि मार्ने प्रयास हुँदैछ : दिल निशानी

सत्य र न्यायको पक्षमा बोल्दा जिसस क्राइस्ट मारिए, हर्कलाई पनि मार्ने प्रयास हुँदैछ : दिल निशानी

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । सामाजिक सञ्जालमा सक्रिय फ्रिलान्स लेखक दिल निशानी मगरले सांसद हर्क साम्पाङको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मगरले सत्य, न्याय र प्रेमको पक्षमा उभिँदा इतिहासमा भोग्नुपरेको दमनको प्रसंग उल्लेख गरेका छन् ।

उनले जिसस क्राइस्ट लाई उदाहरणका रूपमा प्रस्तुत गर्दै “सत्य, न्याय र प्रेमको पक्षमा बोल्दा जिसस क्राइस्टलाई क्रुसमा चढाएर मारिएको थियो” भनेका छन् ।

मगरले अहिले सांसद साम्पाङमाथि पनि त्यस्तै किसिमको व्यवहार दोहोरिन सक्ने संकेत गरेका हुन् । 'हर्क साम्पाङलाई पनि त्यस्तै गराउने प्रयास भइरहेको छ,' उनले टिप्पणी गरेका छन्।

पछिल्लो समय साम्पाङ आफ्ना अभिव्यक्ति र गतिविधिका कारण निरन्तर चर्चामा छन्। यसबीच उनलाई लक्षित गर्दै विभिन्न किसिमका धम्कीहरू समेत आउन थालेको बताइएको छ।

ती धम्कीविरुद्ध साम्पाङले नेपाल प्रहरी साइबर ब्यूरोमा उजुरीसमेत दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077