Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

एमाले सचिव महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति नदिने आदेश गरेको छ । 

अदालतले बस्नेतलाई पक्राउ गर्न माग गरिएको मिसिल प्रहरीलाई नै फिर्ता गरेको हो । 

धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा दायर गरेको निवेदनका आधारमा प्रहरीले अनुमति माग्दै पुनः मिसिल पेश गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय स्रोतका अनुसार न्यायाधीश ध्रुव कार्कीको बेञ्चमा मिसिल पेश हुँदा अनुमति नदिइएको हो ।

एक चोटि तामेली गरिसकेकोमा मुद्दामा पक्राउ अनुमति दिन नमिल्ने भन्दै जिल्ला अदालतले मिसिल फिर्ता गरेको बुझिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077