काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष एवम नवर्निवाचित सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा सोमबार बस्ने गरी बोलाएको बैठकमा सहभागी नहुने उनले बताएका हुन् ।
हर्कले प्रतिनिधिसभाको बैठक बाहेक कुनै पनि कोठाभित्र हुने अनौपचारिक बैठकमा आफू लगायत आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका छन् ।
आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन् । यसैका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो ।
त्यसैको प्रतिपाद गर्दै उनले भनेका छन्- 'प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी कोठे बैठकमा आउँदैनौँ। सदनको बैठक बोलाउनु पर्यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले १’। जय लोकतन्त्र ।'