काठमाडौं । सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसदको बैठक बोलाएर जनता र प्रतिनिधित्वमा जवाफदेही हुन आग्रह गरेका छन् ।
आइतबार राति सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन् । उनले संसद र जनताप्रति जवाफदेही बन्न सिक्न प्रधानमन्त्री बालेनलाई सुझाव दिए ।
साम्पाङले भने, 'प्रधानमन्त्री ज्यु, संसदको बैठक बोलाउन तिर लाग्नुस् ! कोठे बैठकमा हामी आउँदैनौँ । संसदप्रति र जनताप्रति जवाफदेही बन्न सिक्नुस् । अब प्रश्नदेखि भाग्न पाइँदैन।'
श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङ सरकारलाई सचेत गराउन थालेका छन् ।