Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री र मन्त्रीसहित सबै सांसदको दैनिक मापसे र लापसे परीक्षण गर्न हर्कको माग

प्रधानमन्त्री र मन्त्रीसहित सबै सांसदको दैनिक मापसे र लापसे परीक्षण गर्न हर्कको माग

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह, सरकारका मन्त्रीहरू र सांसदको दैनिक मापसे (मादक पदार्थ सेवन) तथा लापसे (लागु पदार्थ सेवन) परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो माग गरेका हुन् । 

साम्पाङले प्रधानमन्त्रीदेखि सरकारमा रहेका सबै मन्त्रीहरू र संसदमा रहेका प्रतिनिधिहरूको नियमित रूपमा जाँच हुनुपर्ने धारणा राख्दै राज्य सञ्चालन गर्ने व्यक्तिहरू स्वयं अनुशासित र स्वस्थ हुनुपर्ने बताए ।

'प्रधानमन्त्री लगायत सरकारमा बसेका सबै मन्त्रीहरुको मापसे र लापसे चेक जाँच दैनिक गरिनु पर्दछ, सांसदहरूको पनि गर्नु पर्छ। देशको स्वास्थ्यका लागि यो अनिवार्य छ,' उनले भने ।

यसअघि बेलाबेला प्रधानमन्त्री बालेनले लापसे सेवन गरेर राति स्टाटस लेख्ने गरेको आरोप लाग्ने गरेको थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077