काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व गृहमन्त्री रमेश लेखकलाई २ नं गण महाराजगञ्जमा राखेको छ ।
उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।
जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा लेखकलाई पक्राउ गरिएको थियो ।
निजी आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उनी सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित भाडाको घरमा बस्दै आएका थिए।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने भएको छ ।
ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । स्वास्थ्य परीक्षणपश्चात ओलीलाई २ नम्बर गणमा लगिने स्रोतको भनाइ छ।