काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन लेखकलाई प्रहरीले शनिबार बिहानै भक्तपुरको कटुन्जेस्थित घरबाटै गिरफ्तार गरेको हो।
तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् उनलाई अहिले महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।
सोही अभियोमा आजै बिहान तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।