काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि सांसद हर्क साम्पाङले सरकारी संरचनामाथि आक्रमण गर्नेहरूमाथि पनि कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सिंहदरबार, संघीय संसद भवन, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी संरचनामा आगजनी तथा तोडफोडमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेका हुन् ।
साम्पाङले यस्ता गतिविधि राज्यविरुद्धको गम्भीर अपराध भएको उल्लेख गर्दै दोषीलाई कडा सजाय दिनुपर्ने धारणा राखेका छन्।
उनले भनेका छन्,'सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र कयौँ सरकारी भवन जलाउने–भत्काउने कृत्यका अगुवाहरुलाई पनि गिरफ्तार गरेर भाटा लगाउनु पर्छ।'