काठमाडौं । जेनजी आन्दोलन हाइज्याक गरेको आरोप खेपेका हामी नेपाली नामक संस्थाका संस्थापक सुधन गुरुङ गृहमन्त्री बनेका छन् ।
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा होमिएका गुरुङे झण्डै दोब्बर मतसहित विजयी भएका थिए ।
उनले २९ हजार ८९६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले जम्मा १५ हजार ३९८ मत ल्याएका थिए ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका गुरुङ गृहमन्त्री बनेका हुन् । नेतृत्वविहीन जेनजी आन्दोलनको मोर्चा सम्हाल्दै अगाडि आएका उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन र मन्त्रिपरिषद् विस्तारसम्म जोडिएका थिए ।
चुमनुव्री गाउँपालिका–३ सिर्दिवास पुर्ख्यौली थलो भए पनि २०४४ सालमाम काठमाडौँमा जन्मिएका गुरुङ गृहमन्त्री बन्न लायक छन् भन्ने पोल भने रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ का दाहिने हात भनेर चिनिएका पौडेलले आफ्नै पेजमार्फत सुधन गुरुङ गृहमन्त्री बन्न लायक छन् भन्ने पोल सुरु गरेका थिए । पौडेलले फेसबुक म्यासेन्जर भित्र ‘डु यु थिंक सुधन गुरुङ इज डिजर्भिङ फर होम मिनिस्ट्रिी’ भन्ने पोल चलाएका हुन् ।
पोडेलले चलाएको पोलमा अधिकांशले लायक छैनन् भन्ने जवाफ दिएका छन् भने केहीले उसको पहिला काम हेर्नुपर्छ भनेका छन् भने केहीले मात्रै उनी गृहमन्त्रीको लागि लायक छन् भनेर आफ्नो मत दिएका छन् ।