Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेनलाई बुझाए स्पष्टीकरण

गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेनलाई बुझाए स्पष्टीकरण

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले प्रधानमन्त्रीलाई व्यापारीसँगको विवादास्पद साझेदारबारे लिखित स्पष्टीकरण बुझाएका छन्।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका शुलभ अग्रवाल लगायतसँग गृहमन्त्रीको साँठगाँठ र उनीहरुको लगानी रहेको कम्पनीको शेयर केही दिनअघि मात्रै गृहमन्त्री गुरुङले खरिद गरेको तथ्य बाहिरिएको थियो ।

अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने चौतर्फी माग उठ्न थालेको थियो 

सोहि विवादास्पद विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री गुरूङसँग लिखित स्पष्टीकरण माग गरेका थिए ।

मन्त्री गुरूङले सोमबार साझ प्रधानमन्त्री शाहलाई स्पष्टीकरण बुझाएको स्रोतले जनाएको छ । स्रोतकाअनुसार स्पष्टीकरणमा गुरूङले ऋण लिएर सेयरमा लगानी गरेको विवरणहरू उल्लेख गरेका छन् । 

स्रोतकाअनुसार गृहमन्त्री गुरूङले यसअघि रास्वपा सभापति रबि लामिछानेलाई पनि स्पष्टीकरण बुझाइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077