काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले विश्वभर बसोबास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न पहल गर्ने बताएका छन् ।
एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का अध्यक्ष डिल्ली अधिकारीसहितको प्रतिनिधिमण्डलसँग बिहीबार साँझ भएको भेटमा थापाले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा समेत नेपाली मूलका नागरिकलाई समेट्ने प्रयास गरेको जानकारी दिए ।
भेटका क्रममा एएनओका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि विदेशमा रहेका नेपाली मूलका नागरिकबाट लगानी आकर्षित गर्न आवश्यक रहेको धारणा राखे।
उनले त्यसका लागि नेपाली मूलमैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, नेपाली संस्कृति मार्फत विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ सक्रिय रहेको बताए।