Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेटोलाई फेरी धम्की दिँदै ट्रम्पले भने-  ‘बौलाहा राष्ट्र’ विरुद्ध सहयोग नगर्नेलाई कहिल्यै बिर्सिन्न

नेटोलाई फेरी धम्की दिँदै ट्रम्पले भने-  ‘बौलाहा राष्ट्र’ विरुद्ध सहयोग नगर्नेलाई कहिल्यै बिर्सिन्न

बिहिवार , चैत्र १२, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई कहिल्यै नबिर्सिने चेतावनी दिएका छन् ।

बिहीबार ट्रुथ सोसलमा राष्ट्रपति ट्रम्पले ‘बौलाहा राष्ट्र’ विरुद्ध नेटोमा आबद्ध मुलुकले  महत्वपूर्ण समयमा आफूलाई कुनै सहयोग नगरेको भन्दै कहिल्यै नबिर्सिने चेतावनी दिएका हुन् ।

यसअघि पनि ट्रम्पले स्ट्रेट अफ हर्मुज खुल्ला गर्न सहयोग नगरे नाटोले भविष्यमा गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

अमेरिका र इसराइले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो। खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ।

पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा इरानले लगातार मिसाइल आक्रमण गरेर प्रतिरक्षा प्रणाली ध्वस्त पारिसकेको छ ।

एकातिर विश्वका सबैभन्दा महत्वपूर्ण तेल परिवहन मार्गहरूमध्ये एक मानिने दक्षिण इरानको तटछेउ अवस्थितमा स्ट्रेट अफ होर्मुजबाट हुने विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति अझै ठप्प रहँदा विश्वव्यापी चिन्तन बढेको छ। म्याक्वेरी जस्ता ठूला वित्तीय संस्थाहरूले स्ट्रेट अफ होर्मुज अप्रिलको अन्त्यसम्म नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

अर्कोतिर अमेरिकाले आफ्ना सैनिकहरुलाई जोगाउन मुश्किल पर्ने अवस्था आउनु र अर्कोतिर खर्बौ रुपैयाँका प्रतिरक्षा प्रणालीहरु ध्वस्त हुनुले अमेरिकाको लागि मध्यपूर्वको युद्ध चक्रब्यूहमा परिणत भएको छ । 

 जसकारण आफ्ना सहयोगी राष्ट्रहरुलाई युद्धमा सहयोग नगरेको भन्दै आक्रोश पोखिरहेका छन् ।

युद्धमा हार्ने डरसँगै अमेरिकाले रसियासँगको सम्बन्ध सुधार गर्न खोजिरहेको छ । गत वर्ष भन्सार शुल्कको बढाएर हैरान पारेका ट्रम्प अहिले रसियामाथिको नाकाबन्दी खुकुलो पारेर फकाउन खोजिरहेका छन् ।

अमेरिकी राष्ट्रपतिले केही दिनअघि चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतसँग उक्त क्षेत्रको सुरक्षाका लागि युद्धपोत पठाउन आग्रह गरेका थिए। तर, अमेरिकाको धम्कीका वावजुद जापान,अष्ट्रेलियाले, बेलायत र क्यानाडा इरान युद्धमा अमेरिकालाई साथ नदिने स्पष्ट जनाएको छ ।

नाटोमा अमेरिका सहित ३२ राष्ट्रहरु सहभागी छन् । जसमध्ये स्पेनले पनि अमेरिकी सेनालाई इरानमा आक्रमण गर्न आफ्नो एयर स्पेश नदिने स्पष्ट पारिसकेको छ । 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँग युद्ध रोक्न वार्ता भइरहेको भन्दै ५ दिनका लागि आक्रमण रोकेको र पछिल्ला दुई दिनमा दुवै पक्षबीच भएको छलफल ुउत्साहजनक र परिणाममुखीु रहेको दाबी गरेका थिए ।

तर युद्ध अन्त्यका लागि सकारात्मक वार्ता भइरहेको भन्ने ट्रम्पको दाबीलाई इरानले सिधै अस्वीकार गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077