Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबार भित्र पनि यस्तो हुन्छ ?

सिंहदरबार भित्र पनि यस्तो हुन्छ ?

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । आज प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गरेको थियो । 

उक्त निर्वाचनबाट निर्वाचित भएका र समानुपातिकमा परेका सांसदहरुले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सपथ ग्रहणका क्रममा पास लिएर मात्रै प्रवेश पाइने सिंहदरबारमा घुईंचो नै लागेको थियो । 

जेनजी आन्दोलनका क्रममा बानेश्वरमा रहेको संसद भवन जलेपछि नवनिर्मित भवनमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

toilet s.jpg

आजको सपथग्रहण कार्यक्रममा जाँदा सिंहदरबार परिसर भित्रे रहेको शौचालयको अवस्था देख्दा भने जो कोहिले पनि सरकारप्रति औंला उठाए ।

नवनिर्मित संसद भवनको गेट नजिकै रहेको सार्वजनिक शौचालयको अवस्था हेर्न लायक थिएन । उक्त  शौचालय प्रवेश गर्न पनि सकिने अवस्थाको थिएन । 

अर्थ मन्त्रालयको अपोजिटमा रहेको सार्वजनिक शौचालयको अवस्था हाइवे तथा फुटपाथको शौचालयको भन्दा पनि खराब छ ।

toilet si.jpg

सिंहदरबार जस्तो प्रशासनिक क्षेत्र भित्रको शौचालयको समेत व्यवस्थापन गर्न नसक्ने नेपाल सरकारले बाहिरको काम कसरी गर्ला भनेर आज सिंहदरबार प्रवेश गरेका सर्वसाधरणले प्रश्न उठाइरहेका थिए । 

शौचालय प्रवेश गरेकाहरु ‘सिंहदरबार भित्र पनि यस्तो हुन्छ ?’ भन्दै प्रश्न गर्दै बाहिरिएका थिए । शौचालय प्रवेश गरेको एक व्यक्तिले नाम नबताउने शर्तमा भने–‘म त ट्वाइलेट पसिहाँले भित्र गएपछि त वान्ता आउला जस्तो भयो, त्यसै फर्किएँ । सिंहदरबार भित्र त यस्तो रहेछ । अनि हामीले हाइवेमा ट्वाइलेट सफा भएन भनेर के भन्नु ।'

सडकको फुटपाथ तथा पुलमुनी शौचालय बनाएकाहरुको तस्विर र भिडियो खिचेर फोहोर गर्न पाईंदैन भन्दै अभियान नै चलाएकी धादिङकी आशिका तामाङ अहिले सांसद बनेकी छन् । उनले पनि आज सपथ लिइसकेकी छन् । 

उनी सधै ओहोर–दोहोर गर्ने संसद भवनको गेटमै रहेको शौचालयमा अब उनको ध्यान जान्छ कि जाँदैन ? त्यो भने समयले नै बताउला । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077