Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति

कानुन व्यवसायीलाई सिंहदरबारमा पुनः सहज प्रवेश, परिचयपत्रकै आधारमा अनुमति

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । नेपाल बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूको विरोधपछि अब उनीहरूले पुनः आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् ।

यसअघि आइतबारदेखि लागू गरिएको नयाँ व्यवस्थाअनुसार कानुन व्यवसायीहरूले पनि सिंहदरबार छिर्न गेट पास लिनुपर्ने प्रावधान राखिएको थियो। तर उक्त निर्णयप्रति चौतर्फी विरोध भएपछि सुरक्षा निकायले आफ्नो निर्णयमा पुनर्विचार गरेको हो।

नेपाल बार एसोसिएसनका महासचिव केदारप्रसाद कोइरालाका अनुसार अहिलेका लागि पुरानै व्यवस्था लागू गरिएको छ।
सुरक्षा निकायले फेरि परिचयपत्रकै आधारमा प्रवेश मिल्ने जानकारी गराएको उनले बताए । 
गेट पास अनिवार्य बनाएपछि कानुन व्यवसायीहरूले कडा असन्तुष्टि जनाएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077