Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब आफ्नो कार्ड देखाएर सिंहदरबार छिर्न पाउँदैनन् कानून व्यवसायी

अब आफ्नो कार्ड देखाएर सिंहदरबार छिर्न पाउँदैनन् कानून व्यवसायी

बर्तमान सरकारले कानून व्यवसायीलाई हेप्यो : टीकाराम भट्टराई

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले नेपाल बार काउन्सिल र नेपाल बार एसोसियसनबाट जारी भएको कानून व्यवसायीको परिचयपत्रका आधारमा सिंहदरबार प्रवेश गर्ने अधिकारमा रोक लगाएको छ ।

सिंहदरवारभित्र प्रशासकीय अदालत समेत रहेकाले कानून व्यवसायीका लागि त्यहाँको प्रवेश अनिवार्य रहेको वकिलहरुको भनाई छ । नयाँ सरकार आएलगत्तै वकिलहरुमाथि निशाना साँधिएको नेपाल बारले आरोप लगाएको छ ।

नेपाल बार एसोसियनका महासचिव केदार प्रसाद कोइरालाले वकिलहरुलाई सिंहदरवार प्रवेशमा रोक लगाइएको भन्दै यसअघि जसरी सहज पहुँचको लागि पहल भइरहेको बताएका छन् ।

तत्कालीन सभामुख सुवास नेम्वाङले सिंहदरवारमा वकिलहरुलाई परिचयपत्रका आधारमा प्रवेश सहज गराउने वातावरण तयार गरेका थिए । नेम्वाङले तत्कालीन गृहमन्त्री कृष्ण प्रसाद सिटौलालाई बोलाएर नेपाल बारका पदाधिकारीलाई समेत राखेर कानून व्यवसायी परिचयपत्रको आधारमा प्रवेश पाइने व्यवस्था मिलाइएको तत्कालीन नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले बताए ।

अहिलेको सरकारले कानून व्यवसायीलाई हेपेर दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको उनले बताएका छन् । 

नेपाल बारसहित कानून व्यवसायीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गिरफ्तारी गैरकानूनी भनेर अभिव्यक्ति तथा बहस गरेपछि वकिलहरुलाई सिंहदरवारमा कडाइ गरिएको दावी उनीहरुको छ ।

यता, प्रशासकीय अदालतका रजिष्टार सरोजराज रेग्मीले भने सूचना जारी गर्दै कानून व्यवसायीको हकमा नागरिक एपको सिंहदरवार गेट पासका आधारमा प्रवेश गर्नुपर्ने जनाएका छन् । मुद्दाका पक्ष र वारेसले भने तारिख पर्चाको आधारमा प्रवेश पाउने व्यवस्था भएको सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना 

okil.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077