Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शपथपछि हर्कले भने- अब बन्ने सरकारलाई प्रतिपक्षीमा बसेर सहयोग गर्छौँ

शपथपछि हर्कले भने- अब बन्ने सरकारलाई प्रतिपक्षीमा बसेर सहयोग गर्छौँ

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्वाङ राङ)ले आफ्नो पार्टीले संसद्मामा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारस्थीत नवनिर्वाचित सांसदको शपथ समारोहमा सहभागी भएका हर्कले सञ्चारकर्मीसंग कुरा गर्दै प्रतिपक्षीमा बसेर सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताएका हुन् ।

'प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेशी बनाउन प्रश्न गर्छौँ, सहयोग गर्छौँ, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ । सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने छौँ । प्रतिपक्षमा रहेर सशक्त भूमिका निर्वाह गर्छौँ,' हर्कले भने ।

सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने उनको भनाइ छ । 

'हामीले पाएको म्यान्डेट नै यही हो । तर, रचनात्मक र आलोचनात्मक समर्थन रहन्छ, प्रतिपक्षी भन्नेबित्तिकै विरोध गरिहाल्ने भन्ने हुँदैन । राम्रो काम गर्दा हाम्रो पूर्ण समर्थन भइहाल्छ,'हर्कले थप भने। 

उनले संसदबाट जनताले दिएको म्याण्डेडलाई पुरा गर्न ध्यान केन्द्रित गर्ने उल्लेख गरे । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077