Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारमा सहभागी नहुने स्पष्ट पार्दै हर्क साम्पाङले फेरी भने- प्रधानमन्त्री रवि लामिछाने नै बन्नुपर्छ

सरकारमा सहभागी नहुने स्पष्ट पार्दै हर्क साम्पाङले फेरी भने- प्रधानमन्त्री रवि लामिछाने नै बन्नुपर्छ

मंगलवार , चैत्र १०, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले जनताबाट प्राप्त मत सरकार सञ्चालनका लागि नभई प्रतिपक्षमा बसेर प्रश्न उठाउने भएकाले सरकारमा नजाने स्पष्ट पारेका हुन् ।

सञ्चारकर्मीले रास्वपाले सरकारमा बोलाए सहभागि हुने कि नहुने भनी सोधेका ेप्रश्नको जवाफ दिदैँ भने- 'जनताले हामीलाई प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएकोले म्यान्डेट अनुसार काम गर्नेछौँ । हामी राम्रो कामलाई साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ ।'

उनले राम्रो कार्यलाई समर्थन र त्रुटिपूर्ण कामको आलोचना गर्ने नीति अपनाइने पनि बताए। 

साम्पाङले रवि लामिछानेलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नुपर्ने धारणा पुनः दोहोर्‍याए। उनले प्रधानमन्त्री पदमा रहने व्यक्तिले प्रतिपक्षबाट उठाइने प्रश्नहरूको जवाफ दिन सक्ने क्षमता राख्नुपर्ने उल्लेख गरे।

उनले भने- 'हामी प्रतिपक्षमा बसेर प्रश्न गर्छौँ । हामीले गरेको प्रश्नको उत्तर समय दिएर दिन सक्ने मान्छे प्रधानमन्त्री हुनपर्छ भनेको हो ।'

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने प्रधानमन्त्री बन्नु उपयुक्त हुने धारणा व्यक्त गर्दै आएका छन् ।

यसअघि गत बुधबार पनि सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै साम्पाङले वर्तमान जनमतले लामिछानेलाई नै नेतृत्वमा देख्न चाहेको संकेत गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077