Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

मंगलवार , चैत्र १०, २०८२

डोटी । डोटीको आदर्श गाउँपालिका–६, रौसेल्ला खोलानजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बोलेरो चालक आदर्श–३, काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुंगेलका अनुसार, खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गएराति १२ बजेको समयमा दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि दुवैजना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेला परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077