काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोला बढ्दा अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ ।
रोशी खोलामा पानीको बहाव कम भएको र बगाएको स्थानको सडक मर्मत गरेपश्चात सवारी साधन पुनः सञ्चालनमा आएका हुन् ।
सवारी साधन सञ्चालन गरिएपनि वर्षा हुने सम्भावना कायमै भएकोले सावधानीपूर्वक यात्रा गर्न र राजमार्गको अवस्था बुझेरमात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको र उक्त स्थानमा सडक विभाग र स्थानीय तहसँगको समन्वयमा सडक खुलाइएको जनाएको छ।