Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बीपी राजमार्ग पुनः सञ्चालनमा

बीपी राजमार्ग पुनः सञ्चालनमा

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको यातायात मर्मतपछि बिहीबार बिहानदेखि सुचारु गरिएको हो ।

गत वैशाख २१ गते रोशी खोलाको बहाव बढेपछि रोशी गाउँपालिका–७ घुमाउनेनजिक बनाइएको अस्थायी डाइभर्सन बगाएपछि बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बगाएको डाइभर्सन मर्मत गरी सडक पुनः सञ्चालनमा ल्याइएको छ। प्रहरीले यात्रु र सवारीसाधनलाई लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, 'बीपी राजमार्गमा बगाएको डाइभर्सन मर्मत गरी हाललाई बाटो सुचारु गरिएको हुनाले लेन अनुशासन कायम गरी ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।'

उक्त स्थानमा बाढीका कारण पाँच वटा माइक्रोबस र ८९ जना यात्रु बीच बाटोमै फसेका थिए। सुरक्षाकर्मीको सक्रियतामा सबै यात्रुको सुरक्षित उद्धार गरिएको थियो। त्यसपछि सो खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077