Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खक्रौलामा गुल्मभित्रै छिरेर डीएसपीमाथि आक्रमण गर्ने एक जना पक्राउ

खक्रौलामा गुल्मभित्रै छिरेर डीएसपीमाथि आक्रमण गर्ने एक जना पक्राउ

शुक्रवार , चैत्र ६, २०८२

धनगढी । कैलालीको खक्रौलामा सशस्त्र प्रहरीको बीओपीभित्रै प्रसेर सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका-९ बस्ने ४० वर्षीय रामबहादुर साउद रहेका छन् ।

मंगलबार टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो । बिल बिजक भएकै सामान बरामद गरेर अवैध बनाएर नाकामा डीएसपी पौडेलले ज्यादती गरेको भन्दै व्यवसायी आक्रोशित भएका थिए ।

सो विषयमा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको उपस्थितिमा गुल्ममा छलफल भइरहेको थियो। तर छलफल सकिएलगत्तै केही स्थानीय युवाहरूले गुल्मभित्रै छिरेर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।

त्यसपछि डीएसपी पौडेलले बीओपीभित्र प्रवेश गरेर आक्रमण गरेको भन्दै टीकापुरकै रामबहादुर साउद, नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र भारतको लखिमपुरखिरी बस्ने रशिद आलिखानविरुद्ध जाहेरी दिएका थिए ।

सशस्त्र प्रहरीका डीएसपी पौडेलले दिएको अपराधिक उपद्रव मुद्दामा रामबहादुरलाई पक्राउ गरिएको कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । अन्य फरार रहेकाहरुको खोजी भइरहेको तिमिल्सिनाले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077