Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरान युद्ध रोक्ने कुनै निश्चित समयसीमा छैन : अमेरिका

इरान युद्ध रोक्ने कुनै निश्चित समयसीमा छैन : अमेरिका

शुक्रवार , चैत्र ६, २०८२

एजेन्सी । अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले इरानविरुद्धको इजरायल–अमेरिकी युद्ध अन्त्य गर्ने कुनै समयसीमा नभएको स्पष्ट पारेका छन् ।

हेगसेथले बिहीबार एक पत्रकार सम्मेलनमा सो कुरा स्पष्ट पारेका हुन् । इजरायल–अमेरिका र इरान युद्ध तीन हप्ताअघि २८ फेब्रुअरीमा सुरु भएको थियो ।

उनले भने, 'हामी कुनै निश्चित समयसीमा तय गर्न चाहँदैनौँ । हामी बिल्कुल सही बाटोमा छौँ । कहिले रोकिने हो भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले नै तय गर्नेछन् ।'

हेगसेथले रक्षा विभागले यस युद्धको खर्चका लागि संसद्सँग २०० अर्ब डलरभन्दा बढी अतिरिक्त बजेट माग गरेकोबारे पनि चर्चा गरे । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077