Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापालाई दिल निशानीको सुझाव- चुनाव हार्नु नैतिक पतन होइन, राजीनामा पुनर्विचार गरौं

गगन थापालाई दिल निशानीको सुझाव- चुनाव हार्नु नैतिक पतन होइन, राजीनामा पुनर्विचार गरौं

'जेल तोडेर निस्किएको आरोप लागेका पनि विजेता बनेका छन्, तर तपाईँ त्यस्तो पृष्ठभूमिबाट आएको व्यक्ति होइन'

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । राजनीतिक विश्लेषक दिल निशानी मगरले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामाबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मगरले चुनाव हार्नु कुनै अपराध वा नैतिक पतन नभएको स्पष्ट पारेका छन्।

उनले गगन थापाले हालसम्म कुनै फौजदारी अभियोग नखेपेको, अदालतमा धरौटी बुझाउन नपरेको र गैरकानुनी गतिविधिमा संलग्न नभएको उल्लेख गर्दै राजीनामाको निर्णय हतारो हुनसक्ने संकेत गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै मगरले विवादास्पद पृष्ठभूमि भएका व्यक्तिहरू पनि चुनाव जितेको टिप्पणी गरे।

'खरबौंको सम्पत्ति जलाउने र जेल तोडेर निस्किएका जस्ता आरोप लागेकाहरू पनि आज विजेता बनेका छन्। तर तपाईँ त्यस्तो पृष्ठभूमिबाट आएको व्यक्ति होइन,' उनले लेखेका छन्।

मगरले वर्तमान चुनाव परिणामलाई समेत असामान्य भन्दै मतदातासमेत अन्योलमा रहेको दाबी गरेका छन्।

उनका अनुसार इतिहासमै अनौठो चुनाव भएको छ, जहाँ विजेता उम्मेदवारहरू आफैं पनि परिणाम देखेर आश्चर्यचकित छन्।

उनले गगन थापासँग अझै नैतिक आधार र राजनीतिक सम्भावना बाँकी रहेको उल्लेख गर्दै भने- 'चुनाव हार्नु लाजको विषय होइन। तपाईँसँग नैतिकता बाँकी छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077