Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खक्रौला नाकामा तनाव : गुल्मभित्रै भिड छिरेपछि डीएसपीलाई ज्यान जोगाउनै हम्मेहम्मे !

खक्रौला नाकामा तनाव : गुल्मभित्रै भिड छिरेपछि डीएसपीलाई ज्यान जोगाउनै हम्मेहम्मे !

एसपीको नेतृत्वमा छानविन समिति

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । कैलालीको खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा तनाव भएको छ । भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवाद हुँदा मंगलबार साँझ गुल्ममा तनाव भएको हो ।

टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो ।

बिल बिजक भएकै सामान बरामद गरेर अवैध बनाएर नाकामा बीओपी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलले ज्यादती गरेको भन्दै व्यवसायी आक्रोशित भएका थिए ।

सो विषयमा टीकापुर उद्योग वाणिज्य संघको टोलीसमेतको उपस्थितिमा गुल्ममा छलफल भइरहेको थियो। तर छलफल सकिएलगत्तै केही स्थानीय युवाहरू गुल्मभित्रै छिरेर आक्रमणमा उत्रिएका हुन् ।

यो विषयलाई लिएर बुधबार बीओपी पुगेको एक समूहले डीएसपी पौडेलमाथि लछारपछार गरेको भिडियो समेत सार्वजनिक भएको छ । 

घटनाको छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ । बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको छ ।

एसएसपी दिगविजय सुवेदीले बुधबार नै डीएसपी प्रदीप पौडेल बाहेक बीओपीमा कार्यरत ३३ जना सशस्त्र प्रहरीलाई धनगढीस्थित गणमा तानेर नयाँ टिम पठाउन निर्देशन दिएका थिए ।

तर, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीले भने उक्त निर्देशन अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

पछिल्लो समय सशस्त्र प्रहरीको सेटिङमा कैलालीका विभिन्न नाकाबाट तस्करी बढेको आरोप लाग्दै आएको छ । साथै सिमामा सशस्त्रले अनावश्यक दु:ख दिने गरेको आरोपसमेत छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077