Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेक रेस्क्यु प्रकरण : स्वाकन अस्पतालकी सञ्चालक डा.पाण्डे फरार

फेक रेस्क्यु प्रकरण : स्वाकन अस्पतालकी सञ्चालक डा.पाण्डे फरार

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । बिमा रकम हत्याउन पर्यटकको नक्कली उद्धार गरी अकुत सम्पत्ति आर्जनमा संलग्न स्वाकन अस्पतालका सञ्चालक बल्ल कानुनी दायरामा आएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सो अस्पतालका सञ्चालकमाथि छानबिन थालेको छ।

उद्धार गरिएको भनिएका पर्यटकको बिल उठाउन मात्र स्थापना गरिएको सो अस्पतालका सञ्चालको ठगीमा संलग्न पुष्टि भएको छ । तर, अस्पतालको मुख्य सञ्चालक रहेकी डा.मिनल्मा पाण्डे भने फरार भइसकेकी छिन्।

सो अस्पतालमा लगानी रहेका जयराम रिजाल भने पक्राउ परेका छन् । अस्पतालका अर्का सञ्चालक एयर डायनिष्टीका मालिक समेत रहेका श्यामसुन्दर कँडेल पनि फरार छन् ।

त्यस्तै, अस्पतालका पूर्वसञ्चालक श्रीराम केसीविरुद्ध समेत मुद्दा चल्ने सम्भावना रहेको सिआइबी स्रोत बताउँछ ।

८ वर्षअघि नै सरकारले गठन गरेको छानबिन समितिले समेत सो अस्पतालमाथि कारबाहीको सिफारिस गरेको थियो। बिरामीको नक्कली रिपोर्ट बनाएर सो अस्पतालले बिमा रकम ठगी गर्दै आएको थियो । सिआइबीले पहिलो चरणाम अनुसन्धान सकाएर ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।

सिआइबीले १६ ट्रेकिङ कम्पनी, चार हेलिकोप्टर कम्पनी, पाँच रेस्क्यु कम्पनी, तीन अस्पताल, तीनजना बिमा कम्पनीका स्थानीय एजेन्ट र एक ट्रेकिङ गाइडको संलग्नता पुष्टि देखिएको भन्दै ती कम्पनीका ३३ जनाविरुद्ध मुद्दा सिफारिस गरेको छ ।

सिआइबीले संगठित अपराधसहित राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

३३ मध्ये प्रहरीले १० जनालाई थुनामै राखी अनुसन्धान गरिरहेको छ । माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलियालाई पक्राउ गरिसकेको छ ।

त्यस्तै, श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडेजका सन्दीप तिवारी तथा पानोराम ट्रेकिङका पासाङ शेर्पालाई पनि पक्राउ हिरासतमा राखेको  हो ।

उनीहरुको सम्पत्तिउपर भने दोस्रो चरणमा अनुसन्धान गर्ने सिआइबी तयारी छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077