Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी श्रेष्ठ पक्राउ

६ वर्ष कैद र २२ करोड जरिबानाका दोषी श्रेष्ठ पक्राउ

आइतवार , चैत्र १, २०८२

काठमाडौं । बैंकिङ कसूर मुद्दामा ६ वर्ष कैद र २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना ठहर भएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।

लामो समयदेखि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई प्रहरीले आइतबार सितापाइलाबाट नियन्त्रणमा लिएको हो । सिआइबीको टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ ।

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार श्रेष्ठ नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा कार्यकारी अध्यक्ष रहँदा निक्षेपकर्ताको बचत तथा संस्थाको पुँजीमा अनियमितता गरी व्यक्तिगत लाभका लागि प्रयोग गरेको पुष्टि भएको थियो ।

उक्त घटनापछि नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनीमाथि बैंकिङ कसूर ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएको थियो ।

यस प्रकरणमा सर्वोच्च अदालतले २०८१ भदौ ५ गते दुईवटा छुट्टाछुट्टै मुद्दामा उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको थियो। पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख रुपैयाँ जरिबाना तथा दोस्रो मुद्दामा ३ वर्ष कैद र ३ करोड २१ लाख रुपैयाँ जरिबानाको फैसला भएको थियो।

अदालतको फैसलाअनुसार श्रेष्ठलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिबाना तोकिएको छ। फैसलापछि लामो समय फरार रहेका उनलाई आइतबार पक्राउ गरी अदालतमार्फत सजाय कार्यान्वयन प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

farar-cib-1773590717.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077