Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालिका करणी आरोपमा विप्लव नेता ‘सी’ समातिए

बालिका करणी आरोपमा विप्लव नेता ‘सी’ समातिए

आइतवार , चैत्र १, २०८२

कालीकोट । बालिका करणी गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी केन्द्र) का नेता पक्राउ परेका छन् ।

बालिकालाई करणी गरेको आरोपमा कालीकोटको रास्कोट नगरपालिका –१ का ५३ वर्षीय बले कामी ‘सी’ पक्राउ परेका हुन् ।  

रास्कोट नगरपालिकाकी पिडित बालिका (परिर्वतित नाम) संकेत नं ५९ ज (१) ले आफु करणीमा परेको कुरा आमालाई भनेपछि आमाले प्रहरीलाई खबर गरेकी थिइन्।  

गत माघ १३ गतेको घटना भएपनि फागुन २७ गतेमात्र आमामार्फत् प्रहरी कहाँ जानकारी पुगेको थियो ।  

फागुन २८ गते जबर्जस्ती करणीको मुद्दा दर्ता गरी करणी आरोपी बले कामी ‘सी’ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी हिमबहादुर खत्रीले बताए।

उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाए छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077